काठमाडौंमा साइकल लेन कहिले ? बालेनले विस्तृत अध्ययन गर्ने

नेपालखोज २०७९ जेठ २१ गते १६:२२

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले विस्तृत अध्ययन नगरी साइकल लेन बनाउन नसकिने दाबी गरेका छन् ।

काठमाडौंको दरवारमार्गमा शनिबार आयोजित एक कार्यक्रममा मेयर शाहले गाडी सँगसँगै साइकल कुदाउँदा दुर्घटना हुने भन्दै अध्ययन गरेरमात्र निर्णय लिइने बताए ।

बालेनले भने,‘अध्ययन नगरी केही हुन्न, गाडी सँगसँगै कुदाउँदा दुर्घटना हुनसक्छ, त्यहि भएर पहिले सबै कोणबाट अध्ययन गर्नुपर्छ ।’

प्रतिक्रिया