बिहीबार, वैशाख २०, २०८१

वाग्मती प्रदेशसहित ४ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ २२ गते ६:०४

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, मधेश प्रदेश, र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आन्शिकदेखि सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू-भागमा  सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशहरूका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया