सोमबार, असार १६, २०८२

दक्षिण कोरियामा कोरोनाका संक्रमित घट्दै, ९ हजार ८३५ संक्रमित

नेपालखोज २०७९ जेठ २२ गते ११:५५

साेल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो संक्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन अर्थात शुक्रबारमात्र यहाँ कम्तीमा पनि १२ हजार जनामा कोरोना भाइरसको संक्रमण पाइएको समाचारमा जनाइएको थियो ।यहाँ पछिल्लो केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीले जनाएका छन् । त्यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि कम रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।-रासस

प्रतिक्रिया