शुक्रबार, जेठ ४, २०८१

मेदेखि ओप्पो ह्याक २०२२ सञ्चालन, विश्वका टेक प्रतिभालाई आमन्त्रण

नेपालखोज २०७९ जेठ २२ गते १३:४८

काठमाडौं । अग्रणी प्राविधिक ब्रान्ड ‘ओप्पो’ र ह्याकाथन विशेषज्ञ ‘ह्याकहब’को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रवर्तकहरूको समाजलाई एकतृत गर्दै उदयीमान प्रविधि (सुदृढ दृश्यांकन (भिजुअलाइजेशन), सुदृढ कम्प्युटरिङ र निर्वाध क्रस–डिभाइस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ । आप्पोह्याक २०२२ मार्फत कलरओएस सम्बन्धि थप नयाँ जनाकारीहरू पनि उपलब्ध गराइनेछ ।

प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधि वीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरू निर्वाध क्रस–डिभाईस कनेक्शनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरूका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।

ओप्पोको ब्रान्ड प्रस्ताव ‘ईन्पिरेशन अहेड’ संग जोडिएको ओप्पोह्याक २०२२ ले प्राविधिक नवप्रबर्तकहरूलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोग मार्फत मानव जातीले सामना गर्ने सबैभन्दा चुनौतिपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ । ओप्पोह्याक २०२२ मार्फत प्रविधि पे्रमीहरूलाई आफ्नो प्रतिभाको परिक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च ईन्स्टिच्युट ईनोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । यसले प्रस्तावना तथा स्टार्टअपहरूलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ । ओप्पोह्याक २०२२ मा, सहभागीहरूले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरू नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्ट जस्तै हो, जसले तपाईको फोन र कम्पयुटर बीच सीमलेस अन्तर िक्रया सिर्जना गर्दछ । तपाईंले यसलाई धेरै स्क्रिनहरूको एक मस्तिस्कको रुपमा सोचेर सर्वव्यापीताको एक कदम नजिक पाउन सक्नुहुने छ ।

प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरू, २० इन्क्युबेटरहरू र विश्वभरका ५०० भन्दा बढी व्यक्तिहरूसँग जोडिएर भोलिको अन्तर सम्बन्धित समस्याहरू समाधान गर्नका लागि सहकार्य र प्र्रतिस्पर्धा गर्ने हकाथन हो ।

एक सहभागीकोरुपमा, तपाई जहाँ भएपनि, हाम्रो हाइब्रिड मोड हकाथनले कार्यक्रममा सामेल हुन सजिलो बनाएको छ । जुन देखि अगस्ट सम्म, यसमा प्राविधिक ग्यारेजहरूको श्रृङ्खलाहरू हुनेछन् जसले तपाइलाई शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट ईन–क्लास अवधारणाहरू र सीपहरू प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरूले पहिलो विकासका स्रोतहरू र उपकरणहरू प्राप्त गर्नेछन् । यसले तपाईको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरू, प्राविधिक विशेषज्ञहरू र अग्रणी कम्पनीहरूका अग्रजहरूसँग अन्तरक्रिया गर्ने अवसर हो । ४०,००० डलर बराबरको कुल नगद पुरस्कारको अतिरिक्त, परियोजनाहरू जित्नको लागि तपाईको परियोजनामा लगानी गर्ने र वास्तविक संसारमा लागु गर्ने मौका एउटा सपना मात्र होइन ।

ओप्पोह्याक ले हकाथनका २ राउण्ड सहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । हकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट शहरहरूमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअलि सहभागि भएका सह–होस्ट हकाथनहरू मध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउण्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता ओपोह्‌याक डटकममा आवेदन दिन सक्नुहुनेछ ।

प्रतिक्रिया