सोमबार, पुष ७, २०८२

लक्ष्मी बैंकको ग्रिन बचत खाता पुनः सुरु, यस्ता छन् सुविधा !

नेपालखोज २०७९ जेठ २२ गते १६:४२

काठमाडौं । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रिन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरूको सम्मिश्रणले सो खाता पूर्ण रूपमा कागजविहीन रहेको छ । साथै यस खातामा ग्राहकले आठ दशमलव शून्य तीन प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रिन बैंकिङ प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धताअनुरुप ‘गो ग्रिन’ अभियानमासहयोग पुग्ने गरी प्रत्यक ग्रिन सेभिङ खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रिन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रिन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले पी क्याफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारीमार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ ।

साथै, ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू अपनाई ग्रिन बैंकिङतर्फ प्रोत्साहन गर्न लक्ष्मी बैंकले विभिन्न अफर पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनीद्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति ५० रुपैयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यु आर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो ।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रिन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरू पर्दछ) एक वर्षको लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।

प्रतिक्रिया