प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, विचाराधीन विधेयक र उपसभामुख चयनबारे छलफल

नेपालखोज २०७९ जेठ २२ गते १८:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।

यसैगरी प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकता लगायत विचाराधिन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया