बिहीबार, चैत १५, २०८०

एलन मस्कको ५ क्रान्तिकारी कदम !

नेपालखोज २०७९ जेठ २३ गते १३:५७

काठमाडौं । आफ्ना क्रान्तिकारी योजना तथा आइडियाका कारण आज एलन मस्क अरुको तुलनामा दुई कदम अगाडि छन् । एलन मस्क जोखिम लिन डराउँदैनन् चाहे त्यो आर्थिक जोखिम होस् वा वैज्ञानिक प्रयोगको जोखिम होस् ।

सन् २००८ को आर्थिक मन्दीमा उनका कम्पनीहरुले ठुलो नोक्सानी बेहोर्नुपर्‍याे । स्पेसएक्सका लागि रकेट खरिद गर्न रूस पुगे पनि महँगो मूल्यका कारण उनले आफ्नो योजना नै परिवर्तन गर्नुपर्‍याे । मस्कले त्यति बेला पनि हरेस खाएनन् बरु आफैँले रकेट साइन्सको कोर्स पूरा गरेर आफैंले रकेट बनाउने काममा जुटे ।

स्पेसएक्सले तयार पारेका सुरुका तीनवटा रकेटको उडान असफल भयो तर एलन मस्कले हार मानेनन् । आज उनको रकेटको प्रयोग नासाले पनि गरिरहेको छ । भनिन्छ, आयरन म्यान फिल्मको हिरो टोनी स्टार्कको क्यारेक्टर एलन मस्कबाट प्रभावित छ ।

मानिसहरु मस्कको विचार र त्यसमा भएको नयाँपनबाट आश्चर्यचकित हुन्छन् । एलन मस्क भन्छन् जुन चीज साइन्स फिक्शन वा फिल्ममा कल्पनाका रुपमा प्रस्तुत गरिन्छ ती चिज सधैं सपनाका रुपमा रहनु हुँदैन, तिनले हाम्रो जीवनमा साकार रुप लिनैपर्छ । साइन्स र टेक्नोलोजी त्यसका लागि सक्षम छ किनभने यो पनि हाम्रो मस्तिष्ककै उपज हो । एलन मस्कलाई मानिसहरु २१औं सताब्दिको सबैभन्दा ठुलो र क्रान्तिकारी भिजनरी मान्छन् । किनभने उनले हाइपरलुप जस्तो फ्युचर ट्रेनको निर्माण गरे ।

एलन मस्क मंगल ग्रहमा मानव सहर निर्माण गर्न चाहन्छन्, न्युरोलिंकको माध्यमले मानिसको मस्तिष्कलाई मेशिन र स्मार्टफोनसँग जोडन चाहन्छन्, आर्टिफिशियल इन्टेलिजेन्सलाई मानिसक‍ो जीवनको महत्त्वपूर्ण भाग बनाउन चाहन्छन् ।

नासाका लागि एलन मस्कको कम्पनीले Crew Dragon Capsule बनायो जसले मानिसका लागि पहिलो पटक अन्तरिक्षको कमर्शियल यात्रा सुरु गरेको छ । यसबाट मानिसका लागि अन्तरिक्षको यात्रा अर्थात स्पेस टुरिज्मको बाटो खुलेको छ । टाइम ट्राभलका लागि एलन मस्कलाई टाइम ट्राभलको कन्सेप्टले निकै प्रभावित गरेको छ ।

सन् २०१८ मा एलन मस्कले मंगल ग्रहमा बस्ति बसाउने सम्भावना ७० प्रतिशत भएको बताएका थिए । एलन मस्क रकेट टेक्नोलोजीको माध्यमबाट एक ग्रहदेखि अर्को ग्रहसम्मको यात्रा सहज बनाउन चाहन्छन् । उनी पृथ्वीबाट मंगल ग्रह, चन्द्रमा अनि त्यसभन्दा अघिसम्म पुग्न प्रबिधिको सहयोग लिइरहेका छन् । अहिले उनी यो दिशामा काम गरिरहेका छन् र य‍ो केवल सपना होइन यसमा मस्कले आफुलाई साबित पनि गर्दै गएका छन् ।

यसका लागि उनले सन् २००२ मा इस्पेस एक्स ( SpaceX ) नामक कम्पनी स्थापना गरेका थिए । यो एयरस्पेस निर्माता तथा अन्तरिक्ष टुरिज्म सेवा सम्बन्धि कम्पनी हो । स्पेसएक्स २०२० मा मानिसलाई अन्तरिक्षमा पुर्‍याउने पहिलो प्राइभेट कम्पनी बन्यो । स्पेसएक्स को Falcon 9 Block 5 रकेट अन्तरिक्ष टुरिज्मको बाटोमा एउटा नयाँ कदम थियो । यसबाट रि-युजेबल रकेट्सको नयाँ युग पनि सुरू भयो ।

एउटा मिशन पुरा भएपछि रकेट नष्ट नगरी त्यसलाई अर्को यात्राका लागि प्रयोग गरिनु नै यो योजनाको सफलता हो । यो नयाँ प्रबिधिबाट अन्तरिक्षको यात्रा र रकेट प्रोजेक्ट निकै सस्तो भएको छ । चन्द्रमा र मंगल ग्रहमा सहर मंगल ग्रहमा कहिलेसम्म मानव बस्ति बस्ने छ त भन्ने प्रश्नमा एलन मस्कको उत्तर छ सन् २०२९ सम्म … ।

मस्कको भविष्यवाणी अनुसार २०६० सम्ममा लाखौं मानिस मंगल ग्रहमा बसोबास गरिरहेका हुनेछन् । एलन मस्कका अनुसार मानिसले पृथ्वीका साथै एउटा अर्को मल्टी-प्लेनेटरी संसार निर्माण गर्नुपर्छ । मानिसले केवल पृथ्वीमा बस्नुपर्छ भन्ने छैन । यदि कुनै कारणले पृथ्वी मानिसहरु बस्न अयोग्य भयो भने पनि मानिसको अस्तित्व मेटिने छैन । एलन मस्क चन्द्रमा र मंगल ग्रहमा सहर बसाउन चाहन्छन् ।

यसका अतिरिक्त उनी स्पेस एक्स कम्पनीका माध्यमबाट धरती र मंगल ग्रहबीच सहज ट्रासपोर्ट सर्भिस सुरु गर्ने योजनामा छन् ताकि यी ग्रहका लागि नियमित फ्लाइट्स चलो्स् । मानव मस्तिष्क र मशीनलाइ जोडने प्रयास मानिसको मस्तिष्कसँगै एउटा चिप्स कनेक्ट भए के होला जसले हाम्रो ब्रेनलाई हिल गरोस् अनि हाम्रो मेमोरीलाई सेभ गरोस् ।

यसले हाम्रो ब्रेनमा भएको इंन्जोरीलाई रिपियर गरोस् । हामीले जे सोच्दछौं त्यो ईमेल वा कुनै म्यासेज जसरी आफै टाइप भए के होला ? एलन मस्कले जब यो कन्सेप्ट प्रस्तुत गरे तब वैज्ञानिकहरुले यसमा त्यति सम्भावना देखेका थिएनन् । यद्यपि मस्क आफ्नो योजनामा डटिरहे । उनको कम्पनी न्युरालिंकले अहिले यो प्रबिधिको ट्रायलसमेत सुरू गरिसकेको छ ।

एलन मस्कले सन् २०१६ मा न्युरालिंकको स्थापना गरेका थिए । यो कम्पनीले मानव मस्तिष्क र कम्प्युटरको इन्टरफेस विकसित गर्ने काम गरिरहेको छ । यसका लागि एलन मस्क मेशिन तथा स्मार्टफोन आदिलाई मानिसको मस्तिष्कसँग जोड्न चाहन्छन् । आर्टिफिशियल इन्टेलिजेन्समा काम गर्न एलन मस्कले २०१५ मा ओपन एनआई को स्थापना गरेका थिए ।

यो आर्टिफिशियल इन्टेलिजेन्सको माध्यमबाट मानिसको जीवन अझ सरल बनाउने उपायहरुमा रिसर्च गर्ने संस्था हो । एलन मस्कले आर्टिफिशियल इन्टेलिजेन्स र रोबोटको विकासबाट उत्पन्न हुने खतराका सम्बन्धमा चेतावनी पनि दिइरहेका छन् । एलन मस्कले आर्टिफिशियल इन्टेलिजेन्सलाई परमाणु हतियारभन्दा ठूलो खतरा बताएका छन् ।

भविस्यको कार जसले संसार बदल्ने छ मानिस कार मै सुतिसुति चालक बिना गन्तव्यसम्म पुग्ने दिन टाढा छैन । एलन मस्कको सेल्फ ड्राइभिङ टेक्नोलोजीले यसलाई सम्भब बनाउँदैछ । अब चाडैं नै टेस्लाका सबै कार सेल्फ ड्राइभिङ टेक्नोलोजीले युक्त हुनेछन् । टेस्लाको प्रविधिको धुम अहिले कस्तो छ भने अहिले संसारमा लन्च हुने सबै जसो नयाँ कारले टेस्ला जस्तै फिचर भएको दाबी गर्न थालेका छन् । एलन मस्कले २०१७ मै भविष्यवाणी गरेका थिए कि १० वर्ष भित्रै संसारका अधिकांश कार इलेक्ट्रिक हुनेछन् ।

आज ५ वर्ष पछि नै संसारभर इलेक्ट्रिक कार लन्च गर्ने ठूलो होड चलिरहेको छ । संसारमा प्रदुषण मुक्त तथा पेट्रोल-डिजेलको निर्भरता कम गर्ने विकल्प इलेक्ट्रिक कारले दिएको छ भने एलन मस्कको कम्पनी टेस्लाको इलेक्ट्रिक कार यो होडमा सबैभन्दा अगाडि छ । एलन मस्कक‍ो कम्पनीले २००६ मा सोलर सिटी बनाउन मदत पुर्याएक‍ो थियो । उनको कम्पनी टेस्ला इनर्जीले उर्जाको सतत स्रोत अर्थात यस्तो स्रोतमा काम गर्छ जुन कहिल्यै समाप्त हुँदैन ।

इलेक्ट्रिक कारको दुनियामा संसारका कुनैपनि कम्पनी टेस्लाको नजिक पुग्न सकेका छैनन् । एलन मस्क भन्छन् एक समय यस्तो आउनेछ जब पेट्रोल-डिजेल कारको अवस्था स्टीम इन्जिनको जस्तो हुनेछ अर्थात आउट डेटेड । संसार पेट्रोल-डिजेलभन्दा धेरै अगाडि बढनेछ ।

एलन मस्कले इलेक्ट्रिक कार तथा सोलार कारमा खुब जोड दिइरहेका छन् । अब उनको अघिल्लो कदम सेल्फ ड्राइभिङ कारमा केन्द्रित छ । यसमा पनि उनको कम्पनीले तीव्र सफलता हासिल गरिरहेको छ । इलेक्ट्रिक प्लेन तथा हाइपरलुप ट्रेन हामी इलेक्ट्रिक कारलाई चमत्कार मानिरहेका छौं भने एलन मस्क इलेक्ट्रिक प्लेनको कुरा गर्न थालेका छन् । मस्क भन्छन्- अहिले हामी जमिनमा गुड्ने सवारी साधनमा क्रान्तिकारी परिवर्तन ल्याउन लागि परेका छौं । यद्यपि हामी इलेक्ट्रिक प्लेनको सपना पनि पुरा गरेरै छाडनेछौं ।

एलन मस्क भ्याक्युम टनेलमा चल्ने ट्रेन लाइ संसारभर फैलाउन चाहन्छन् ताकि मानिसहरुको यात्राक‍ो रफ्तार कैंयन गुणा वृद्धि होस् । यसका लागि उनको कम्पनीले हाइपरलुप ट्रेनको कन्सेप्टमा काम गरिरहेको छ । हाइपरलुप रेल १२ सयदेखि १३ सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडिन सक्छ । यसको अर्थ प्लेनभन्दा पनि तीव्र रफ्तार हो ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया