मनिप्लान्ट कुन स्थानमा राख्ने ?

नेपालखोज २०७९ जेठ २३ गते ५:००

भनिन्छ, जसको घरमा मनी प्लान्ट हुन्छ, उनीहरुलाई पैसासँग सम्बन्धित कुनै समस्या हुँदैन । त्यसैले मानिसहरुले यसलाई उपहारको रुपमा दिन थालेका छन् । आजकल बिरुवा उपहार स्वरुप दिने चलन बढेको छ ।

मनिप्लान्ट शुक्र ग्रहसँग सम्बन्धित छ र शुक्र ग्रहलाई सुख, समृद्धि र शान्तिको प्रतीक मानिन्छ । यदि तपाईंले यो बिरुवा कसैलाई उपहार दिनुभयो भने शुक्र ग्रह यसबाट रिसाउनुहुनेछ र तपाईंको जीवनमा धेरै समस्याहरू आउन सक्छ, त्यसैले यसबाट बच्नुपर्छ ।

मनिप्लान्ट रोप्दा यी कुरामा ध्यान दिनुहोस्

वास्तुअनुसार घरमा मनिप्लान्ट सधैं दक्षिण-पूर्व दिशामा राख्नुपर्छ ।

घरमा मनिप्लान्ट उत्तर-पूर्व दिशामा नराख्नुहोस्, किनकि मनिप्लान्ट उत्तर-पूर्व दिशामा राख्नाले घरमा नकारात्मक ऊर्जा बढ्छ ।

मनिप्लान्ट शुक्र ग्रहसँग सम्बन्धित भएकाले शुक्रबार मनिप्लान्ट राेप्दा राम्राे हुन्छ ।

शुक्रबार मनिप्लान्ट काट्ने काम नगर्नुहोस्, यसका कारण शुक्र ग्रह क्रोधित हुन्छन् ।

प्रतिक्रिया