ई-सेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा हजार रुपैयाँसम्म क्यास ब्याक पाइने

नेपालखोज २०७९ जेठ २३ गते १५:००

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ ।

ई-सेवामार्फत आफ्नो जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा शून्य दशमलव पाँच प्रतिशत अर्थात् अधितम एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टाभित्र पाइनेछ । यस किसिमको क्यासब्याक बिमा शुल्क भुक्तानी गर्ने मिति बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ ।

यसरी भुक्तानी गर्दा ई-सेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ । यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा एक लाख रुपैयाँ जित्न सकिनेछ । साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउन्टरबाट ई-सेवा तथा फोनपेको क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल ई-सेवाबाट सबै बिमा कम्पनीको बिमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

देशभर एक लाख ५० हजारभन्दा बढी एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेको ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । ई-सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको छ । ई-सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै १५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा छन् ।

नेपाली बिमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बिमा योजना सञ्चालन गर्दै आएको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बिमा, दुर्घटना बिमा तथा स्वास्थ बिमा र सामूहिक बिमाजस्ता योजनाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया