प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

नेपालखोज २०७९ जेठ २३ गते १५:२१

काठमाडौं । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहिनेती हातलाई ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै प्लस टुको परीक्षा दिई बसेका छात्रछात्रालाई अन्नपूर्ण केबुलकारले टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।

छुट लिनका लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।

पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङ्कोट पुग्न सकिनेछ ।

प्रतिक्रिया