शनिबार, वैशाख २२, २०८१

प्रभु इन्स्योरेन्सको २७ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ फागुन २३ गते १६:३७


काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाडौं स्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मासम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुकासाथै कम्पनीले प्रस्ताव गरेको छ दशमलव ७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत शुन्य दशमलव ३५ प्रतिशत नगद लाभांश गरी जम्मा सात दशमलव शुन्य पाँच प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय बृद्धिसंगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्पm बिशेष ध्यान दिई कार्य अगाडि बढाईरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताईन् ।

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिटल ट्रान्सफरमेशन योजना लागू गरि कार्ययोजना अगाडि बढाईएको बताईन ।

उनले सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरि सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने निति लिएको जानकारी दिईन ।

वार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै अध्यक्ष लामाले कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताईन् । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।

प्रतिक्रिया