सेञ्चुरी बैंकको डबल धमाका मुद्दती खाता सार्वजनिक

नेपालखोज २०७९ जेठ २३ गते १९:५८

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दती खाता संचालनमा ल्याएको छ । यो खातामा ग्राहकहरुले साढे छ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सेञ्चुरी डबल धमाका मुद्धती खाता न्यूनतम १० हजार रुपैंयाँमा नै खोल्न सकिनेछ । यो खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।

साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकार दिएको छ ।

प्रतिक्रिया