यूनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा ५८ प्रतिशतले बढ्याे

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सोमबार अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखा परीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७८–०७९ का लागि बाह्य लेखापरीक्षक श्री एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ तर्फबाट प्रतिनिधित्व गर्ने चार जना संचालकहरुको र सर्वसाधारण सेयरधनी समूह ९ख० तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालकहरुको निर्वाचन मार्फत चयन गरिएको जानकारी पनि कम्पनीले दिएको छ ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु¥याउन कम्पनीले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीे गत आव २०७६–०७७ को तुलनामा यस आव २०७७–०७८ मा बिमाशूल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड ३३ लाख दुई हजार सात सय ६९ रुपैंयाँ गर्न सफल भएको छ । त्यसैगरी गत आव २०७६–०७७ को तुलनामा यस आव २०७७–०७८ मा कम्पनीको नाफामा पाँच सय प्रतिशत भन्दा बढिले वृद्धि भई १० करोड ५२ लाख ९८ हजार आठ सय ८७ रुपैंयाँ पुगेको छ ।
साथै आव २०७७–०७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आव २०७८–०७९ को सोहि अवधिसम्ममा कम्पनीको कुल बिमाशुल्क आर्जन ३८ प्रतिशतभन्दा बढीले वृद्धि भई एक अर्ब २५ करोड ५१ लाख १८ हजार ७० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढिले वृद्धि भएको तथा प्रतिशेयर आय मा ९८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कम्पनी बीमाशुल्क आर्जनका हिसाबले स्थापना कालदेखि पहिलो पटक एक अर्ब क्लबमा प्रवेश गरेको छ साथै, यस आ।व २०७७–०७८ को प्रगतिको मूल्यांकन बमोजिम भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेकोे एशियास्तरको थर्ड इर्मर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ मा नेपालबाट निर्जीवन बिमा क्षेत्रमा दिएका महत्वपूर्ण योगदानका लागि बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि एयर अवार्डबाट समेत सम्मानित भएको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया