शुक्रबार, वैशाख १४, २०८१

सानिमा बैंकले गर्‍यो रक्तदान कार्यक्रम

नेपालखोज २०७८ मंसिर २१ गते १९:३७

काठमाडौं । सानिमा बैंकको १७औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नारायणचौर, नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता थियो ।

मंगलबार बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । बैंकको सातै प्रदेशमा हाल ११७ वटा कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया