प्रतिनिधिसभाको बैठक आज पनि, विनियोजन विधेयकमाथि छलफल हुने

नेपालखोज २०७९ जेठ २४ गते ६:५२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजकाे बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया