सुनको मूल्य ६ सयले घट्यो

नेपालखोज २०७९ जेठ २४ गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन सोमबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया