‘आफूविरुद्ध अन्तर्वार्ता दिने पार्टीभित्रैका नेताप्रति मेरो आपत्ति छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीभित्रका केही नेताहरू आफूले धेरै चलखेल गरेको भनेर बदनाम गराउन खोजेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषले मंगलबार आयोजना गरेको विश्वरूपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै उनले पाटीभित्रकै केही नेताहरू आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाए ।
मन्त्री आलेले भने,‘ मलाई कुनै मन्त्रीको लोभ छैन । म जति दिन, जति समय, यो कुर्सीमा बस्छु, देश र जनताको शिर ननिहुरिने गरी काम गर्दछु ।’ आफूलाई मन्त्री बन्ने लोभ नरहेको भन्दै अन्य नेताहरूलाई मौका दिने इच्छा भए मन्त्री बनाउन नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । पार्टी भित्रकै केही नेताहरुले आफूले चलखेल गरेको भन्दै अन्तरवार्ता दिइरहेकोप्रति मन्त्री आलेले आपत्ति जनाएका छन् ।
मन्त्रिमण्डल निर्माण गर्दा ६ महिनाका लागि आफूहरूलाई, आठ महिना कार्यभार सम्हालेको र अरू साथीहरूलाई मौका दिने पार्टी अध्यक्षको इच्छा छ भने आफूले सहमति पनि दिएको पनि उनले प्रष्ट पारेका छन् । तीन पटकसम्म जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म पशुपति क्षेत्र विकास कोषले बतासले कब्जा गरेको धर्मशालाको विरुद्धमा मुद्दा हालेर जितेको मन्त्री आलेले दाबी गरेका छन् ।
श्रद्धालुलाई बस्न र खान पाउने व्यवस्थाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड रुपैयाँ दिएको उल्लेख गर्दै उनले बतास समूहलाई त्यो कौडीको भाउमा दिन नसक्ने जनाएका छन् ।

प्रतिक्रिया