आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

नेपालखोज २०७९ जेठ २५ गते ०:५५
प्रतीमात्मक तस्बिर

काठमाडौं । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तर्गतकाे सडक विभागले असार १ गतेदेखि सडक खन्ने अनुमति नदिने भएको छ । सूचना जारी गर्दै विभागले वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै सडक आसर १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने जनाएकाे हाे ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ,’  सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले भनेको छ, ‘त्यसैले असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने छैन ।’ विभागले कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया