सुनकाे मूल्य स्थिर
नेपालखोज
२०७९ जेठ २५ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनकाे भाउ स्थिर रहेकाे छ, भने चाँदीकाे भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार पनि ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया