हिंसाको पराकाष्ठा : दार्चुलामा एक महिलाको आगो लगाएर हत्या
नेपालखोज
२०७९ जेठ २५ गते ११:२८

दार्चुला । दार्चुलामा एक महिलाको विभत्स हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर विभत्स हत्या गरिएको हो । घर नजिकैको खरको थुप्रोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खडायतको शव मंगलबार राति फेला परेको जनाइएको छ । अनिभाको श्रीमानको सात वर्षअघि नै मृत्यु भइसकेको छ । अनिभाका दुई छोरी र एक छोरा रहेका छन् ।
घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शंकास्पद एकजना फरार रहेका छन् । घटनाको अनुसन्धान गर्न डिएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा पुगेको जनाइएको छ
सम्बन्धित

प्रतिक्रिया