कांग्रेस सांसदले भने- आवश्यक छैन भने उपसभामुख पद खारेज गरियोस्
नेपालखोज
२०७९ जेठ २५ गते १२:५१

काठमाडौं । नेपाली कांग्रेसका सांसदले उपसभामुख पद खारेजीको माग गरेका छन् । सांसद अमरेशकुमार सिंहले बुधबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताए ।
उनले ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्ने ?’ भन्ने प्रश्न गरेका थिए । संसदमा २०७६ १२ माघ गतेदेखि उपसभामुख पद खाली रहेको छ ।
लामो समयदेखि पद रिक्त भए पनि राजनीतिक दलहरुले चासो देखाएका छन् । राजनीतिक दलका नेताहरू मौन छन् । संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया