संसदीय चुनाव : रञ्जु दर्शनाले काठमाडौं ५ बाट उम्मेद्वारी दिने
नेपालखोज
२०७९ जेठ २५ गते १५:०३

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय चुनावमा काठमाडौंको क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी उनले यस्तो निर्णय गरेकी हुन् । उनले दलबाट भने उम्मेद्वारी नदिने बुझिएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा उनी विवेकशील नेपाली दलबाट काठमाडौंको मेयरमा उठेकी थिइन् । उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् । दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा रहेकी छन् । विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार हुने निर्णय गरेको उनले केही सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् ।
सम्बन्धित

प्रतिक्रिया