सोमबार, पुष ७, २०८२

काली मन्दिर व्यवस्थापन समितिलाई सिद्धार्थ बैंकको सहयोग

नेपालखोज २०७९ जेठ २५ गते १५:०२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअतर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समिति सभापति डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शनबहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पूर्वाधार निर्माण गर्न प्रयोग गर्नेछ । धार्मिक महत्त्व र इतिहास बोकेको मन्दिरको पूर्वाधार विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया