बुधबार, वैशाख १२, २०८१

विनियोजन विधेयक, २०७९ को सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति प्रस्तुत

नेपालखोज २०७९ जेठ २५ गते १८:३१

काठमाडाैं । मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक, २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति पेश भएको छ ।

बैठकमा पूर्वबजेट छलफलअन्तर्गत प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सरकारको विनियोजन विधेयक, २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति प्रस्तुत गरे ।

यस्तै प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक विचार गरियोस् भन्ने प्रस्तावसमेत पेस गरे ।

यही जेठ २७ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा सो प्रस्तावमाथि सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया