मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधि सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले यसै साता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ ।
मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका उच्च अधिकारीका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरू, युनिट प्रबन्धक र फिल्ड प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिको सहभागिता थियो । ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । सन् २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरूलाई सम्मानित गर्दै आएका छन् । साथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरूको बिमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिश्चित गर्दै आएका छन् ।
प्राविधिक विकास र डिजिटलाइजेसन प्रक्रियामा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरै मात्र नेपालमा पहिलोपटक डिजिटल माध्यमबाट बिमा सल्लाहकारहरू भर्ना गर्न मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म सुरु गरेको छ । डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन मार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा
मेटलाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरू मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा छ ।








प्रतिक्रिया