सोमबार, पुष ७, २०८२

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता, १० प्रतिशतसम्म छुट पाइने

नेपालखोज २०७९ जेठ २५ गते २१:३३

काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो संस्थाबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ एकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया