पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नेपालखोज
२०७९ जेठ २६ गते ६:५१

मुग्लिन । वर्षासँगै खसेको पहिराेका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग नियमित गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया