आईसीसी विश्वकप क्रिकेट : नेपालले ओमानसँग खेल्दै

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्ग नेपालले अमेरिका भ्रमणमा पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अमेरिकाको ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राती साँढे नौं बजेबाट खेल सुरु हुनेछ ।
जारी लिग टु को शिर्ष स्थानमा रहेको ओमानका लागि यो सिरिज अन्तिम हुनेछ । जारी अंक तालिकाको शिर्ष स्थानमा रहेको ओमानले अहिलेसमम ३३ खेलबाट ४० अंक बनाएको छ । लिग टु को साइकलमा धेरै खेल खेल्ने टिममा रहेको ओमानलाई यो सिरिजमा एक खेल जितेपनि शिर्ष तीनको यात्रा पक्का हुनेछ ।
जारी प्रतियोगितामा सबैभन्दा कम खेल खेल्ने टिममा नेपाल रहेको छ । नेपालले १२ खेलमा १२ अंक बनाएको छ । जसमा ६ खेलमा जित निकाल्दा ६ खेलमा हारेको छ ।
लिग ‘टु’मा नेपालले ओमानसँग अहिलेसम्म चार खेल खेल्दा तीन खेलमा हार ब्यहोरेको छ भने एक खेलमा मात्र जित निकालेको छ ।
घरेलु मैदानमा २०२० मा भएको सिरिजमा नेपालले दुई खेलमा हार ब्यहोरेको थियो भने ओमानमा नै भएको सिरिजमा एक खेलमा हारेको थियो ।
प्रतिक्रिया