मल र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

नेपालखोज २०७९ जेठ २६ गते १२:४४

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । लफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घटने छ भने । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे ।

प्रतिक्रिया