शनिबार, वैशाख १३, २०८२

सुपारी, मरिच, केराउ र छोकडा आयातमा लगाइएको नगद मार्जिन हट्यो

एकीकृत परिपत्र २०७८ संशोधन

नेपालखोज २०७९ जेठ २६ गते १६:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै नगद मार्जिनको व्यवस्था हटाएको छ । आज (बिहीबार) वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकहरूको नाउँमा परिपत्र जारी गर्दे नगद मार्जिनसम्बन्धी व्यवस्था हटाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

‘विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी एकीकृत परिपत्र २०७८ मा संशोधन गरेका हौं,’ राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ । यो व्यवस्था लागु भएपछि सुपारी, मरिच, केराउ र छोकडा आयातमा यसअघि कायम रहेको शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटेको छ ।

यसले गर्दा उद्योगहरूले कच्चा पदार्थका रूपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्ने छैन ।

प्रतिक्रिया