फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढेको निगमले जनाएको छ ।
निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको जनाएको छ । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रूपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
बुधबारसम्म निगमले आईओसीलाई २० अर्ब रूपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् ।
निगमले गत सातामात्र पेट्रोल, डिजेल, मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रूपैयाँ घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा तीन अर्ब ८९ करोड रूपैयाँ घाटा रहँदै आएको निगमको भनाइ छ ।


प्रतिक्रिया