सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयाे

नेपालखोज २०७९ जेठ २७ गते १३:१०

दमौली । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौं लगिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ । सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौं लगिएको परिवारले जनाएका छन् ।-रासस

प्रतिक्रिया