सोमबार, असार १६, २०८२

१७ जनामा कोरोना, ७ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ २७ गते १८:०९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ९१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार १५५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०९ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भई ७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार १८१ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

प्रतिक्रिया