मंगलबार, असार १७, २०८२

१७ जनामा कोरोना, ११ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ २८ गते १७:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १९३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ९८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०७ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमण मुक्त भई ११ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार १९२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

प्रतिक्रिया