ज्येष्ठ नागरिकलाई समृद्धि फाइनान्सको सम्मान
नेपालखोज
२०७९ जेठ २८ गते १७:३३

काठमाडौं । समृद्धि फाइनान्सले जेठ नागरिकहरूलाई सम्मान गरेको छ । फाइनान्सको पाँचै शाखा आज (शनिबार) ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तीन सय जनालाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशवराज जोशी, हेटौंडामा हेटौंडा उप–मेयर राजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय, गण्डकी प्रदेशकामन्त्री विन्दुकुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराई र बुटवल शाखामा सञ्चालक सुजन अधिकारीको उपस्थिति रहेको फाइनान्सले जानकारी दिएको छ ।

सम्बन्धित








प्रतिक्रिया