बुधबार, वैशाख १७, २०८२

सूर्यदेवलाई जल !

नेपालखोज २०७९ जेठ २९ गते ५:००

आइतबार सूर्य भगवान्‌लाई समर्पित छ, जसलाई सबै ग्रहहरूको राजा भनिन्छ । कलियुगमा सूर्य भगवान एक मात्र यस्तो देवता हुन् जसले नियमित रूपमा भक्तहरूलाई प्रत्यक्ष दर्शन दिन्छन् । सूर्यदेवको पूजाको विशेष महत्व छ । नियमित रूपमा सूर्यदेवलाई जय अर्पण गर्नाले व्यक्तिको मान-सम्मानमा वृद्धि हुनुका साथै जीवनमा सुख शान्ति प्राप्त हुन्छ ।

शास्त्रमा सूर्यलाई जीवन, स्वास्थ्य र शक्तिका देवता भनिएको छ । आइतबार मात्र सूर्यदेवलाई जल चढाउँदा साताको सातै दिन जति पुण्य प्राप्त हुन्छ । यस विधिले सूर्यदेवको पूजा गरी यो आरती पढ्नुपर्छ ।

सूर्य देवताको पूजा

सूर्यदेवको आराधनाका लागि ब्रह्ममुहुर्तमा बिहान उठेर, स्नान आदि गरी सूर्यदेवको पूजा आराधना गर्ने जनविश्वास छ । सूर्य देवताको आराधना गर्नाले भाग्यको उदय हुन्छ । सूर्यदेवलाई धूप, दीप र फूल चढाएर पूजा गरिन्छ । तामाको भाँडोमा जल लिएर त्यसमा रोली, चामल र रातो फूल राखेर सूर्यदेवलाई जल अर्पण गर्नुहोस् । यसपछि सूर्यदेवको आरती गर्नुहोस्। सूर्यदेवको प्रसन्नताले सबै अशुभ काम शुभ कार्यमा परिणत हुन्छन् ।

प्रतिक्रिया