सुदूरपश्चिम र लुम्बिनीबाहेक सबै प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ २९ गते ६:२९

काठमाडौं । नेपालको प्रदेश न १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व/पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्य बदली रहेको छ भने लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी, आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिकदेखि मौसम सफा रहनेछ भने प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया