मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आज विद्युत् उत्पादन नहुने

नेपालखोज २०७९ जेठ २९ गते ८:४७

काठमाडाैं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आज विद्युत् उत्पादन नहुने भएको छ ।  ती विद्युत् गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुने जनाइएकाे छ ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी-मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो ।

प्रतिक्रिया