सवारीसाधन दुर्घटनामा दुईको मृत्यु
नेपालखोज
२०७९ जेठ २९ गते ११:५४

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्र्षीय ईश्वर तामांग र २६ वर्षीया अमिना तामांग (बाबु छोरी) रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बाराबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी नै सख्त घाइते भएका र उपचारको क्रममा हेटौँडा अस्पतलामा दुबैको मृत्यु भएको हो ।-रासस
सम्बन्धित

प्रतिक्रिया