शुक्रबार, वैशाख १४, २०८१

‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ आयोजना, असार २६ सम्म दर्ता गर्नुपर्ने

नेपालखोज २०७९ जेठ २९ गते १५:५७

काठमाडौं । छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करण आयोजन गर्ने भएको छ । यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँछबीले जनाएकोे छ ।

यस प्रतियोगितामा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनट देखी ५९ मिनट भित्रको हुनुपर्ने आयोजकले जनाएको छ । नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं बृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् ।

चलचित्र एवं बृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्‍याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुर्‍याउन फेस्टा आयोजना गर्ने गरिएको अध्यक्ष शान्तिप्रियले बताए । नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तर्राष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनु पर्छ भन्ने पनि फेस्टाको उद्देश्य छ ।

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) , बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेप्ट स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायत विभिन्न बिधामा अवार्ड प्रदान गरिनेछ । बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री) लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतिक्रिया