शुक्रबार, वैशाख १४, २०८१

सुनको मूल्य फेरी आकाशियो

नेपालखोज २०७६ पुष १८ गते १५:५५

१८ पुस, काठमाडौँ । आज (शुक्रबार ) सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै भएको हो । पछिल्लो ३ दिन कारोबार स्थीर रहेको भाउ फेरि ह्वातै बढेर छापावाला सुनको प्रतितोला ७४ हजार ५ सय र तेजाबी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ। पुस १५ गते मंगलबार तोलामा २०० रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च रुपले बढ्दा नेपाली बजारमा समेत त्यसको प्रभाव देखिएको छ। यसले सुनचाँदी व्यवसायी व्यवसायनै ठप्प हुने भन्दै चिन्तित छन् । शुक्रबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिआउन्स १ हजार ५४० डलरमा कारोबार भइरहेको छ।

यस दिन सुनसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया