घरमा डस्टबिन कुन दिशामा राख्ने ?

वास्तुशास्त्रमा दिशाको धेरै महत्व छ, हरेक चिजलाई राख्ने सहि ठाँउ र कुन कुन कुरा कहाँ राख्नु हुदैन भन्ने पनि बताइएको छ । त्यसैगरी डस्टबिन राख्ने ठाउँबारे पनि वास्तुशास्त्रमा उल्लेख छ । वास्तुशास्त्रका अनुसार घरको उत्तर-पूर्व दिशालाई डस्टबिन राख्नको लागि ठीक मानिदैन । किनभने यस दिशामा डस्टबिन राख्नाले परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ। अर्कोतर्फ डस्टबिन दक्षिण-पूर्व दिशामा राख्नाले व्यर्थका काममा धन खर्च हुने सम्भावना बढ्छ ।
घरको पूर्व दिशामा डस्टबिन राख्नु पनि शुभ मानिदैन । वास्तुका अनुसार घरको पूर्व दिशामा डस्टबिन राख्नाले व्यक्तिको विकासमा बाधा पुग्न सक्छ । अर्कोतर्फ घरको उत्तर दिशामा डस्टबिन राख्नाले जागिर वा व्यवसायमा सफलता मिल्ने सम्भावना कम हुन्छ ।
वास्तुशास्त्र अनुसार दक्षिण-पश्चिम दिशालाई आफ्नो घर वा कार्यालयमा डस्टबिन राख्नको लागि उपयुक्त मानिन्छ किनभने यो दिशा बर्बादी र विसर्जनसँग सम्बन्धित छ । वास्तुका अनुसार यस दिशामा डस्टबिन राख्नाले अनावश्यक चिन्ता हट्छ र प्रगतिको बाटो खुल्छ । यसका साथै घरको उत्तर-पश्चिम दिशामा डस्टबिन राख्नु पनि उचित मानिन्छ, जसले गर्दा तपाईको जीवनमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।
प्रतिक्रिया