सुदूरपश्चिमबाहेका सबै प्रदेशमा वर्षा, सतर्कता अपनाउन विभागकाे आग्रह

नेपालखोज २०७९ जेठ ३० गते ६:२५

काठमाडाैं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकोछ भने प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेकाे विभागले जनाएकाे छ ।

त्यस्तै आज दिउँसाे  प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसैगरी आज राति प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  रही अन्य प्रदेशका भू-भागहरूमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया