आइतबार, जेठ ६, २०८१

मकवानपुर गोल्डकप : फाइनल खेल हुँदै

नेपालखोज २०७९ जेठ ३० गते ८:३०

काठमाडाैं । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि खेल हुँदैछ । 

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा आज दिउँसो ३:३० बजे फाइनल खेल हुँदैछ ।  प्रि–म्याच कन्फ्रेन्समा फाइनलमा नेपाल आर्मी र विजय युथ क्लबबी हुँदै छ ।

यस प्रतियोगितामा हालसम्म थ्रीस्टार, मकवानपुर–११ र आर्मीले जितेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेताले दशलाख रुपैयाँमा पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले ६ लाख रुपैयाँको बुलेट बाइक प्रदान गर्नेछ ।

प्रतियोगिताको विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया