९६ किलो ८४० ग्राम गाँजासहित तीनजना पक्राउ
नेपालखोज
२०७९ जेठ ३० गते १३:५३

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ९, चुनियाबाट ९६ किलो ८ सय ४० ग्राम गाँजासहित ३ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमफेदी २, रिठ्ठेपानीका ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका ९, घैराङका ३७ वर्षीय ज्ञानबहादुर गोले र सोही गाउँपालिका १०, बलमटारका ४९ वर्षीय चन्द्र लामा छन् । उक्त ठाउँमा ना.२ह ३५६६ नम्बरको अटोलाई अस्थायी प्रहरी पोस्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको सिटमा बोराभित्र लुकाई ल्याएको अवस्थामा गाँजा फेला परेको हो । प्रहरीले अटो चालक अभिषेकसहित तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया