डिशहोमको फाइबरनेट अब गाईघाटमा

काठमाडौं । डिशहोम फाइबरनेटले उदयपुरको गाईघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, ईटहरी, बर्दिवास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, बिर्तामोड, दमक, विराटनगर, नेपालगन्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी, लामाचौर, पावर हाउस, हरिवनसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ । छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।
हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, बोक्से, करमगाछी, शिवालय टोल, संगम टोल, साकेला टोल, गाईघाट बजार, पुरानो-गाईघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइबरनेट उपलब्ध छ ।
अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र ८ हुन् ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागी डिश टीभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडीजस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजना १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।
डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र रु. ८९९ प्रती महिना पर्ने १०० एमबीपीयसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।
यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।
डिशहोम फाईवरनेट जडान गर्नको लागि सम्पर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ सम्पर्क गर्न सकिनेछ । आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।








प्रतिक्रिया