सोमबार, पुष ७, २०८२

ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

नेपालखोज २०७९ जेठ ३० गते १६:३१

काठमाडौं । ज्योति विकास बैंकले पोखरास्थित फेवातालकिनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकारसँग केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउनेछन् । सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकले भिसा डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशका अन्य विभिन्न व्यवसायसँगको सहकार्यमा ग्राहकलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया