बुधबार, वैशाख १९, २०८१

छिटो चार्ज हुने रियलमी जिटी नियो ३ को साथमा रियलमी जीटी २ प्रो असार ३ मा आउँदै

नेपालखोज २०७९ जेठ ३० गते १६:५३

काठमाडौं । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबै भन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक मिति घोषणा गरेको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जिटी २ प्रो पनि ल्याउन लागेको छ । रियलमीले गतवर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ प्रो को सफलता पछि रियलमी जिटी ३ प्रो सार्वजनिक गर्न लागेको हो ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा शुन्य दशमलव ५० प्रतिशत चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे पनिआफ्नोनविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक हुनेछ ।

रियलमी जिटो नियो ३
आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्च स्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रियरुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

अल्ट्रा-डार्ट १५० वाटफास्ट चार्जिङ ( पाँच मिनेटमा शून्य दशमलव ५० प्रतिशत चार्ज)

यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच् ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरैतहहरु ब्याक अप गरिएको छ र टीयूभी राईनल्याण्ड सेफ फास्ट चार्जिङद्वारा प्रमाणित छ । रियलमीले १६०० चार्ज साइकल पछि ब्याट्रीले आफ्नो मूलक्षमताको ८० प्रतिशत राख्ने दाबी गरेको छ । धेरै जसो प्रतिस्पर्धाले ८०० चार्ज चक्र पछि ८०% ब्याट्री क्षमताको दाबी गर्दछ यसले सुस्त चार्जिङ गति प्रदान गर्दछ । रियलमी जिटो नियो २, ६ महिनापहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जिटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जिटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफएचडी अमोल्ड डिस्प्ले हो ।

आई–पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाईमन्सिटी ८१०० ५जी एसओसी १२ जिबी र्याम २५६ जिबी स्टोरेजको साथ जोडिन ेछ । रियलमी जिटी नियो ३ ले ओआईएससँग ५० एमपी सोनी आईएमईएक्स ७६६ प्राईमरी सेन्सर, ८ एमपी अल्ट्रा–वाइड लेन्स र पछाडी २ एमपीम्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।

रियलमी जिटी २ प्रो
सधैं झैं रियलमीको अथक प्राविधिक र डिजाईनहरु छिटो वृद्विको आधारशिला भएका छन् । रियलमी जिटी २ प्रोमा, रियलमीले विश्वको पहिलो तीन परिचय दिएको छ : बायो–पोलिमर सामग्रीबाट बनेको ब्याक कभर, १५० डिग्री अल्ट्रा-वाइड क्यामेरा, र्र रियलमीको ईनोभेसन फवार्ड कम्युनिकेसन’ रहेका छन् । प्रिमियम अनुभूति दिनको लागि, रियलमी जिटी २ सिरीज ‘नाओतो फुकासावासँग’ डिजाइन गरिएको हो जसले विशिष्ट पेपर टेक मास्टर डिजाईन र बायो– पोलिमर सामग्रीको साथ युवाहरुलाई आकर्षित गर्दछ ।

नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्दै, रियलमीले फोनहरुलाई अब सञ्चार उपकरण मात्र नभएर तिनीहरुले दिगोपन प्रति जेन जेडको मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ । यस बाहेक, अहिलेसम्म कै सबैभन्दा प्रिमियम फ्लागशिपको रुपमा, रियलमी जिटी २प्रो स्नापड्रागन ८ जेन १ सँग आउनेछ र यसले नेपाली प्रयोगकर्ताहरुलाई नयाँहाई–ईन्ड अनुभव प्रदान गर्ने आशामा थप रोमाञ्चक विशेषताहरु ल्याउनेछ ।

रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्वारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमायसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । रियलमी कृत्रिम इन्टरनेटको क्षेत्रमा अधिक अन्वेशषण गर्दै स्मार्टफोनको क्षेत्रमा ट्रेन्ड सेटिङ डिजाइन र प्रविधिको प्रयोग गर्न प्रतिवद्ध रहेको छ ।

२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टर पोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा फाईभ जी लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी एक्स ५० प्रो फाईभ जी र दो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथभारतको शीर्ष फाईभ जी स्मार्टफोन ब्रान्ड बनेको छ ।

रियलमीले १–५-टि रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टि डब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेक लाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।

प्रतिक्रिया