जिसस सुनसरीमा कांग्रेस उम्मेद्वार विजयी

नेपालखोज २०७९ जेठ ३० गते १९:५७

सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् । उपप्रमुखमा कमला दाहाल विजयी भएका छन् ।

दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएकी छन् । एकल उम्मेद्वारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।

प्रतिक्रिया