आइतबार, जेठ ६, २०८१

आईसीसी विश्वकप लिग टू : नेपालले आज ओमानसँग खेल्ने

नेपालखोज २०७९ जेठ ३१ गते ८:१९

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग ‘टू’ अन्तर्गत अमेरिकामा भइरहेको त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग खेल्दैछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । ओमानको भने शृंखला मात्र नभएर लिग ‘टू’ मै यो अन्तिम खेल हो ।

लिग टू मा सहभागी ७ टिमले कुल ३६ खेल खेल्न पाउने प्रावधान अनुसार ओमान आज अन्तिम खेल खेल्दैछ । ओमानसँगको खेल लिग ‘टू’ मा नेपालको लागि १५औं खेल हुनेछ । नेपाल १४ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया